विश्व

मोहम्मद जयन्तीमा मोरक्कोका ५१० कैदीलाई आममाफी

इकागज |
कात्तिक ३, २०७८ बुधबार ६:२६ बजे

रवात- मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ । 

मोरक्कोका राजा मोहम्मद छैटौँले मङ्गलबार उनीहरूलाई आममाफी दिएको घोषणा गरेका हुन् । 


इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् । 

मङ्गलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन् । मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ । (सिन्ह्वा) 


Author

थप समाचार
x