रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने
वासिङटन- संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ । यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्- केही प्राविधिक कारणहरूले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ । तर ती के प्राविधि कारण हुन् भन्नेबारेमा भने उनले केही बताएका छैनन् । उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया