टर्कीका राष्ट्रपतिले गरे अमेरिकासहित १० देशका राजदूतलाई देश निकालाको घोषणा
अंकारा - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेको बीबीसीले जानएको छ। यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । पर्सना नन ग्राटाले व्यक्तिको कूटनीतिक दर्जा हटाउन सक्छ र उनीहरूलाई दिएको मान्यता फिर्ता हुन्छ ।
यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए । सरकारको विरोध र कु प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ ।
काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको आदेश पालना गर्न युरोपको मानवअधिकारसम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।
शनिबार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु । १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ । तपाईहरू तत्कालै देश छोड्न सक्नुहुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया