विश्व

नाइजेरियामा बन्दुकधारीले जेलमा आक्रमण गरी आठ सय बढी कैदी भगाए

इकागज |
कात्तिक ७, २०७८ आइतबार १२:४३ बजे

रासस-सिन्ह्वा- नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट आठ सय भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ । 

अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका नाइजेरियाका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 


ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन् । शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका बताए । 

उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षौसम्म सजायँ तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताए ।  

भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको कारागार सुरक्षा विभागका अधिकारीले जानकारी दिएका छन् ।  


Author

थप समाचार
x