साउदी अरेरिबायाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी
काठमाडौँ- साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बमबारी भएको छ । बमबारीमा परि भएको क्षतिबारे भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरूले जनाएका छन् ।
मारिब यमनका विद्रोहीहरूको कब्जामा रहेको सहर हो । उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रूपमा यहाँका विद्रोहीबिरुद्धमा कारबाही गर्दै आएको अधिकारीहरूले बताएका छन् ।
तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरूको कब्जामा रहेको छ । समय-समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो सहरमा प्रायः हुथीहरूले नै कब्जा गर्ने गरेका छन् । उनीहरूको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रूपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरूले संघर्ष गर्ने गरेका छन् ।
उनीहरूले खासगरी तेलको धनी भएकाले यही सहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो सहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया