विश्व

२ करोड २० लाख अफगानीले तीव्र खाद्य अभावको सामना गर्नुपर्ने

इकागज |
कात्तिक ८, २०७८ सोमबार १४:६ बजे

काठमाडौँ - आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्ने संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले बताएका छन् । 

 पहिले नै अस्थिर अवस्थामा रहेको अफगानिस्तानले विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने राष्ट्र संघीय एजेन्सीहरुले सोमबार चेतावनी दिएका छन् । 


यस जाडोमा लाखौं अफगानहरु आफ्नाे देशबाट पलायन हुने या भोकमरी बीच बाँच्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताए । एएफपी


Author

थप समाचार
x