शाही सम्मान त्याग्दै जापानी राजकुमारीले गरिन् प्रेमीसँग विवाह
काठमाडौँ- जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही सम्मानसमेत त्यागेकी छिन् ।
जापानको राजपरिवारका अनुसार कोही राजपरिवारका सदस्यले सामान्य नागरिकसँग विवाह गर्छ भने उसले शाही राजघराना छाेड्नुपर्दछ । २५ सालकी राजकुमारी माको सम्राट अकिहीतोकी नातिनी हुन् । उनका प्नेमी काेमराे सामान्य नागरिक हुन् । उनी एक कानुनी फर्ममा काम गर्छन् ।
माको र कोमुरो २०१२ मा कलेज पढ्ने क्रममा भेटिएका थिए । साथी हुँदै माकाे र काेमुराे प्रेमसम्बन्धमा बाँधिएका थिए । राजकुमारी माकोले शाही परम्पराअनुसार विवाह गरिनन् भने राजकुमारीको विवाहमा पाउने सेवा सुविधासमेत त्यागेकी छिन् । यस्तो गर्ने उनी पहिलो महिला हुन् ।
बीबीसी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया