विश्व

यमनको मारिब वरपर ८५ विद्रोही मारिएको साउदी नेतृत्वको सैन्य गठबन्धनको भनाइ

इकागज |
कात्तिक १०, २०७८ बुधबार ६:३७ बजे

रियाद- यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक शहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ ।

साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र शहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् । 


इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनैतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।

यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालिन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा उनका अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिएपनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय यमनी पूर्व राष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्‍ने स्वरहरू पनि बलियो बन्‍न थालेका छन् । (एएफपी) 


Author

थप समाचार
x