भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण
नयाँ दिल्ली - भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।
मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकसित गरेको थियो । अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ । जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया