विश्व

सर्वसाधारणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्वराजकुमारी माको

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १२:४१ बजे

न्युयोर्क- यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् ।

विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।


उनीहरु बस्ने अपार्टमेन्टको मासिक भाडा खुलाइएको छैन ।  तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ । 

राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि दरबाट पैसा नलिने माको जापानकै रजापरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधारणसँग विवाह गरेकी उनले सामान्य जीवन विताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् । 

माकोले अमेरिकामा नै काम खोज्‍ने बताउँदै आएकी छन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन् । एजेन्सी


Author

थप समाचार
x