विरोधमा सुडानी सेनालाई ‘संयम’ बन्न संयुक्त राष्ट्रसंघको आग्रह
रोम- सुडानको सेनाले हालैका दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घातक झडपपछि प्रदर्शनकारीप्रति ‘संयमता’ देखाउनुपर्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।
सुरक्षाकर्मीले विपक्षी प्रदर्शनकारीहरूविरूद्ध बल प्रयोग गरी करिब दर्जन व्यक्तिको मृत्यु भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षले वार्ता थाल्न आवश्यक भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार बताएका हुन् ।
गुटेरेसले पत्रकारहरूलाई रोममा जी–२० शिखर सम्मेलन अगाडि भने, 'शनिबार राष्ट्रसंघले यस सम्बन्धमा एउटा औपचारिक धारण जारी गर्नेछ ।'
उहाँले थप्नुभयो, 'मैले सेनालाई अब अरू कुनै व्यक्ति सुरक्षाकर्मीको तर्फबाट पिडित हुनु गलत हुनेछ । यसका लागि सुडानको सेनाले संयम देखाउन आग्रह गर्छु । मानिसहरूलाई शान्तिसित प्रदर्शन गर्न दिनुपर्छ र यो जरूरी छ ।' (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया