विश्व

म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

इकागज |
कात्तिक १३, २०७८ शनिबार ६:२९ बजे

म्यानमार- म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो । यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले गरेको बताइएको छ । 

यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् । (सिन्ह्वा)



Author

थप समाचार
x