सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल
खार्तुम- सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन् । पर्थेसले ट्वीटमा लेखेका छन् 'भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा छलफल गर्यौँ ।'
यसैगरी संयुक्त राष्ट्रसंघका अधिकारीले देशका अन्य सरोकारवालाहरू सँग छलफल जारी राख्ने बताएका छन् । सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल-बुर्हानले आपतकालको घोषणा गर्दै सरकार भङ्ग गरेका छन् । मंगलबार हाम्डोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो । (एएनआई / स्पुतनिक)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया