विश्व

रुसमा २४ घन्टामा ३९ हजार बढीमा कोभिड संक्रमण

इकागज |
कात्तिक २२, २०७८ सोमबार १४:६ बजे

काठमाडौँ । रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढीमा कोभिड संक्रमण भएका छन् । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार  गएकाे २४ घण्६ामा एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेत गरी यहाँ करिब ८८ लाख मानिसमा संक्रमण देखिएको छ । 

रुसमा हालसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । कोभिडबाट  हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् । सिन्ह्वा



Author

थप समाचार
x