विश्व

भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध रुसको ऐक्यबद्धता

इकागज |
कात्तिक २३, २०७८ मंगलबार ७:५० बजे

काबुल, अफगानिस्तान- ल्याटिन अमेरिकी राष्ट्रको आन्तरिक मामिलामा विदेशबाट हस्तक्षेप गर्ने कुनै पनि प्रयासको विरोध गर्ने भेनेजुएला सरकारसँग मस्कोले ऐक्यबद्धता व्यक्त गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बाह्य दबाब र अवैध एकपक्षीय प्रतिबन्धको द्वारा भेनेजुयलाको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेपको  विरोध गर्दै राष्ट्रपति निकोलस मदुरोको पक्षमा ऐक्यबद्धतामा  व्यक्त गरेका हुन् ।

भेनेजुएलाका आफ्ना समकक्षी फेलिक्स प्लासेन्सियासँग भेटघाटमा मन्त्री सर्गेइले मस्कोले राष्ट्रिय संवादलाई बढावा दिन भेनेजुयलाको प्रयासलाई थप समर्थन गर्ने विश्वास दिलाएका छन् । 


'हामी तपाईंको देशको थप विकासको मार्ग स्वतन्त्र रूपमा निर्धारण गर्ने तपाईंको इच्छालाई पूर्ण समर्थन गर्दछौं र राज्यहरूको सार्वभौमसत्ताको सम्मान, संयुक्त राष्ट्रको केन्द्रीय भूमिकाको सम्मान, र गैर-हस्तक्षेप जस्ता आधुनिक आधारभूत मान्यतामा प्रतिबद्ध छौं,' मन्त्री सर्गेइले बताएका छन् । 

भेनेजुएला २०१९ को शुरुदेखि नै राजनीतिक संकटमा फसेको छ । जब विपक्षी नियन्त्रित राष्ट्रिय सभाका पूर्व प्रमुख जुआन गुएइदोले पुनः निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई हटाउने प्रयासमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

अमेरिकाको नेतृत्वमा रहेका अधिकांश पश्चिमी देशहरूले गुएइदोलाई समर्थन गरेर भेनेजुयलामा तेल र वित्तीय उद्योगहरूलाई लक्षित गर्दै जटिल प्रतिबन्धहरू लगाएका छन् । यद्यपि रुस, चीन, टर्की लगायत अन्य थुप्रै राष्ट्रहरूले मादुरोलाई समर्थन गरेका छन् । (एएनआई) 


Author

थप समाचार
x