विश्व

भारतमा बर्षाका कारण पाँचको मृत्यु, कैयौँ घरमा क्षति

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १६:१९ बजे

काठमाडौँ- भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ ।  सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो ।

प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । तामिल नाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६.८४ मिलिमिटर वर्षा परेको मौसम विभागले जनाएको छ ।


बाढी प्रभावित क्षेत्रमा सैनिकसहित उद्धारकर्ताहरुले उद्धारको कार्य गरेको पनि मन्त्री रामचन्द्रनले जानकारी दिए । मौसम विभागले यही नोभेम्बर १० देखि १३ तारिखकाबीचमा पनि तामिल नाडुमा अर्को ठुलो वर्षा हुने चेतावनी दिएको छ ।

 एएनआई


Author

थप समाचार
x