विश्व

अफगानिस्तानबारे नयाँ दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक

इकागज |
कात्तिक २४, २०७८ बुधबार १२:२७ बजे

फाइल तस्बिर

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू भएको छ । दुई दिने बैठकमा रसिया र इरानसहित मध्यएसियाली  देशका प्रतिनिधिहरू सहभागी छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमपछि यस क्षेत्रमा उत्पन्‍न सुरक्षा अवस्थाको समीक्षा र थप रणनीति तय गर्न बैठक आयोजना गरिएको हो ।


बैठकमा इरान, ताजकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तान र रसियाका प्रतिनिधिहरूको सहभागीता छ । पाकिस्तान भने यसअघि नै बैठकमा सहभागी नहुने जनाएको थियो ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले आफू बैठकमा सहभागी नहुने गत साता नै जानाकारी दिएका थिए । यस्तै, चीनले पनि बैठकमा सहभागीता नजनाउने भएको छ ।

अफगानिस्तानले सामना गरेको मानवीय चुनौती र क्षेत्रीय सुरक्षा सम्बोधन गर्न यस क्षेत्रका देशहरुले साझा क्षेत्रीय प्रयास गर्नुपर्ने भारतले बताउँदै आएको छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरिरहेका छन् । एजेन्सी


Author

थप समाचार
x