राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने
फाइल तस्बिर
बेइजिङ- चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिने भएका छन् । सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिनेछन् । विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी गराएका हुन् ।
राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो मार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताकोरूपमा सम्बोधन गर्ने विदेश मन्त्रालयले जनाएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया