विश्व

बेलायतमा एकै दिनमा ४० हजार नयाँ संक्रमित

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १७:३६ बजे

काठमाडौँ - बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोभिडबाट संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ । संक्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । संक्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ । देशभरीका १२ वर्षमाथि बढी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसङ्ख्याको ७९ प्रतिशतले कोभिड विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।


सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो सङ्ख्यामा मानिसहरु संक्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।

सिन्ह्वा


Author

थप समाचार
x