विश्व

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार ६:१९ बजे

इन्डोनेसिया- इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ ः४५ बजेतिर भूकम्प गएको हो । (सिन्ह्वा)
 



Author

थप समाचार
x