विश्व

लाहोर विश्वको सबैभन्दा प्रदूषित शहर

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार ६:३७ बजे

इस्लामाबाद, पाकिस्तान- अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ । पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो।  त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ ।

गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ । यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा  बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ । (एएनआई)



Author

थप समाचार
x