पाकिस्तानले अफगान तालिबानसँग सम्बन्ध बलियो बनाउने
इस्लामाबाद, पाकिस्तान- पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ ।कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताको बारेमा बोल्दै मन्त्री कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अफगानिस्तानमा मानवीय सहायता र आर्थिक सहयोग गर्न आफ्नो प्रयास जारी राख्ने बताए ।
'परराष्ट्र मन्त्री कुरैशीले अफगानिस्तानसँग सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानको संकल्पलाई पुन: पुष्टि गरेका छन् । अफगानिस्तानमा शान्ति स्थापना भएपछि क्षेत्रीय स्थिरतालाई बलियो बनाउन र आर्थिक गतिविधि र कनेक्टिभिटीलाई बढावा दिने कुरामा उनले जोड दिएका छन् ।
उच्चस्तरीय प्रतिनिधिमण्डलसहित बुधबार आफ्नो पहिलो भ्रमणमा इस्लामाबाद पुगेका मुत्ताकीले बिहीबार इस्लामावादमा भएको ट्रोइका प्लस बैठकका बीच चीन, रुस, पाकिस्तान र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिसँग पनि भेट गरेका हुन् । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया