नाइजेरियामा १५ बन्दुकधारीको मृत्यु
अबुजा- नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरूले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी बन्दुकधारीहरूबाट अपहरमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरूले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरूको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारसम्मको हो ।
राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरूलाई निस्तेज पार्दै गएको दाबी गर्नुभयो । सुरक्षाकर्मीहरूले हवाई आक्रमणसमेत गरेका थिए । उनीहरूले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया