विश्व

कोभिडका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावकविहीन

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १६:२५ बजे

काठमाडौँ - कोभिड महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालीन असर परेको उल्लेख छ ।

प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहीन हुनु परेको देखिएको छ । अभिभावकविहीन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् । 


अभिभावक गुमाएका बालबालिकाहरूमध्ये धेरै बालबालिकाहरू अल्पसङ्ख्यक तथा सानो समुदायका रहेको पाइएको छ । कोभिडको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, संक्रमित भएका र अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या अमेरिकामै सबैभन्दा धेरै रहेको छ ।
  
कोभिडका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।सिन्ह्वा


Author

थप समाचार
x