लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेद्वारी दिने
त्रिपोली- लिबियाको पूर्वी स्थित सेनाका कमाण्डर खलिफा हफ्तारले मङ्गलबार आफू राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । 'आज हाम्रो देश दुईवटा बाटो अगाडि उभिएको छ: स्वतन्त्रता र शान्तिको बाटो र तनाव, व्यर्थ र द्वन्द्वको बाटो ।
तर भविष्यको बाटो लिबियालीहरूले मात्र रोज्नुपर्छ,' हफ्तारले स्थानीय टेलिभिजनमा बताएका छन् । 'म दाजुभाइ र मित्र राष्ट्रहरूले प्रस्तुत गरेका पहलहरूलाई सलाम गर्दछु जसले लोकतान्त्रिक विकल्पहरू तर्फ जान मद्दत गरेको छ । राष्ट्रपति र संसदीय निर्वाचनलाई संकटबाट बाहिर निकाल्न एकमात्र उपायको रूपमा आग्रह गर्दछु,' हफ्तारले भने ।
‘म राष्ट्रपति पद शक्तिको खोजी वा पदको खोजीका लागि होइन जनतालाई गौरव, उन्नति र समृद्धितर्फ लैजानका लागि उम्मेदवारी दिने घोषणा गरेको छु’, उनले भने । लिबियामा स्थायित्व प्राप्त गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघ प्रायोजित ‘लिबिया राजनीतिक संवाद फोरम’ले अपनाएको रोडम्यापको एक भागको रूपमा लिबियामा यस वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने अपेक्षा गरिएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया