विश्व

गाडीबाट सडकमा डलर ओइरियो, टिप्‍नेकाे भिड

इकागज |
मंसिर ५, २०७८ आइतबार १४:१४ बजे

काठमाडाैँ- अमेरिकाको एउटा राजमार्गमा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ । 

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अवरुद्ध भएको थियो ।


क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो । गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटाका बिटा खसेका थिए । अधिकांश नोट दुईदेखि २० डलरका थिए । 

मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे । अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । 

घटनाबारे संघीय जाँच ब्यूरो (एफबीआई) ले जाँच गरिरहेको छ ।
 


Author

थप समाचार
x