यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामा हमला गरेको दाबी
यमन- यमनका हुथी विद्रोहीहरूले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ । हुथी विद्रोहीहरूले साउदी अरेबियामा हमला गरेको बताए । यहाँको सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरूको दाबी छ । ती विद्रोहीहरूले दिएको जानकारीअनुसार उनीहरूले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् ।
उनीहरूले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरूमा विभिन्न क्षेत्रका विमानस्थलहरू पनि रहेको बताएका छन् । हुथीहरूले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए । उनीहरूले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन् ।
शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरूले बताएका छन् । उनीहरूले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन् । शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन । इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरूले गरेको सोे हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीहरूको टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया