चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो
उरुमकी- चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरु लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ ।
अफगानिस्तानका लागि सो रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यी सामग्रीहरुमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरु पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।
चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रुपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि २ हजार ६०० टन यस्ता सामग्री पठाएको जनाएको छ । अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया