कश्मीरका मानवअधिकारवादी कार्यकर्ता पक्राउ
कश्मीर- कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता पक्राउ परेका छन् । आतंकवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा सरकारले कश्मीरका मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेजलाई पक्राउ गरेको हो ।
पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) का सुरक्षा अधिकारीले उनलाई भारत प्रशासित कश्मीरबाट पक्राउ गरेको हुन । पर्भेजले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
उनको पक्राउको चौतर्फी विरोध भएको छ । उनको सकुशल रिहा गर्न विभिन्न अधिकारवादी समूहले आव्हान गरेका छन् ।
पर्भेज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को प्रखर आलोचक हुन् । उनले नेतृत्व गरेको नागरिक समाजका लागि जम्मु कश्मीर गठबन्धन समूह (जेकेसीसीएस) ले कश्मीरमा मानवअधिकार उल्लंघन र सुरक्षाकर्मीको दमनको विरोध गर्दै आएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया