विश्व

अमेरिकाद्वारा बढ्दो कोभिड सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न आग्रह

इकागज |
मंसिर ८, २०७८ बुधबार ७:२१ बजे

वासिङ्टन- युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न आग्रह गरेको  छ । यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । 

सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ  जसलाई "लेभल फोर" सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने  भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ ।


सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x