भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भयो : संयुक्त राष्ट्रसंघ
भेनेजुएला- संयुक्त राष्ट्रसंघले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसंघले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । मंगलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरुले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको छ ।
सो विज्ञप्तिमा निर्वाचनका क्रममा भएका केही हिंसाका घटनाहरुका बारेमा पनि जानकारी आएको भन्दै तर ती सबै घटनाको छानबीन यहाँको सरकार र संयुक्त राष्ट्रसंघले गर्ने पनि बताइएको छ ।
साथै उक्त विज्ञप्तिमा यहाँका सबै खालका हिंसा तथा विवादहरु पनि अब यो निर्वाचनमार्फत् समाधान हुने अपेक्षा पनि गरिएको बताइएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया