विश्व

कारबम विस्फोटमा परी पाँचको मृत्यु

इकागज |
मंसिर ९, २०७८ बिहीबार १५:२८ बजे

सांकेतिक तस्बिर

(रासस-एएफपी) - सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ । पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले एएफपीलाई जानकारी दिए ।

आक्रमणको कारण थाहा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।  मोगादिसुको आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले ट्वीटरमा भग्नावशेषको तस्बिर सार्वजनिक गर्दै बम विष्फोटलाई दुःखद घटना भएको बताएका छन् । उक्त विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको छैन, तर जिहादी अल–शबाब समूहले मोगादिसुमा यसअघि पनि यसप्रकारको आक्रमणहरु गराउँदै आएको हुनाले बिहीबार भएको आक्रमण पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।



Author

थप समाचार
x