साइबेरियाको कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु
सांकेतिक तस्बिर
मस्को- साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।
खानीभित्र फसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया