विश्व

राष्ट्रपति बहसअघि कोभिड भएको थियो ट्रम्पलाई

इकागज |
मंसिर १६, २०७८ बिहीबार १४:३९ बजे

काठमाडौँ - गत वर्ष राष्ट्रपतिको निर्वाचनअघि आयोजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड भएको खुलासा भएको छ । आफ्ना प्रतिद्धन्द्धी जोन बाइडेनसँगको बहसमा ट्रम्पलाई कोभिड भएको उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडोजले लेखेको पुस्तकमा उल्लेख छ । 

मिडोजको संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएको थियो । केही दिनपछि परीक्षण गर्दा उनको नेगेटिभ रिपोर्ट देखिएको थियो । 


२६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयोजित एउटा चुनावी यालीमा जाने क्रममा ट्रम्पलाई कोभिड देखिएको थियो । 

निको भएपछि २ अक्टोबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई कोभिड भएको ट्विटमार्फत जानाकारी दिएका थिए । आफूले सजिलै कोभिड जितेको उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपोर्टका बाबजुद उनलाई निकै असजिलो महशुस भएको थियो । कोभिड भएपछि उनलाई भोलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएको थियो । 

दोस्रो परीक्षण गरिएको तीन दिनपछि बाइडेनसँगको बहस भएको थियो । न्युज कारखाना

 


Author

थप समाचार
x