विश्व

जापानकी यी सिरियल किलर बृद्धा जसले आफ्नै प्रेमीहरुकाे हत्या गरिन्

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १०:३२ बजे

काठमाडौँ - ७५ वर्षको उमेरमा इसाओ काकेहीको स्वास्थ राम्रो थियो । सन् २०१३ मा उनले चिसाको काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानको जोडी मिलाइदिने एउटा निकायमार्फत उनको ६७ वर्षीया ती विधवासँग भेट भएको थियो । 

दुई महिनापछि यो जोडीले विवाह गरे । तर, इसाओ काकेही अर्को बसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाको चौथो शिकार बने । 


७४ वर्षीया चिसाको काकेही तीन ओटा पार्टनरको हत्या र चौथोको हत्या प्रयासको अ‍भियोगमा मृत्युदण्ड कुरेर बसेकी छन् । 

उनको हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । सोही अभियोगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् । 

लामो सुनुवाईपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदण्डको फैसला सुनायो । ुजोडी मिलाइदिने  निकायमा पुगेर उनले एकपछि अर्को बृद्धसँग सम्बन्ध गाँसेर उनीहरुलाई विष खुवाएर हत्या गरेको अनुसन्धानका क्रममा देखिन्छ,ु उनको मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले  योजनबद्ध ढंगले हत्या गरेको उनको भनाई छ । 

यसरी सुरु हुन्छ हत्या शृंखला

सन् २०१४ सम्म उनको बारेमा जापानमा विरलै नाम सुनिएको थियो । जापानको दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाईसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनको २३ वर्षको उमेरमा सन् १९६९ मा विवाह भएको थियो । सन् १९६९ मा पतिको मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिको मृत्युपछि उनको हत्या शृंखला सुरु भएको थियो ।

सन् २००७ मा उनी ७८ वर्षीय तोसिकाई स्युहिरोसँग सम्बन्धमा रहिन् । सन् २००७ को १८ डिसेम्बरमा काकेही अ‍ाफ्ना सन्तानसहित स्युहिरोसँग खाना खाँदै थिइन् । त्यहीबेला स्युहिरोको खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिरो अचेत हुन्छन् र केही बेरपछि उनको मृत्यु हुन्छ । 

केही वर्षपछि उनले अर्का  पुरुष मासानोरी होन्डाको हत्याको षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानोरी होन्डा राम्रो अवस्थामा थिए । सन् २०११ सम्म उनको डायबिटिज सामान्य थियो । सोही वर्ष उनी अकस्मात उनै विधवा चिसाको काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयो । अर्को वर्ष उनीहरुले विवाह गर्ने योजना गरे । 

सन् २०१२ को ९ मार्चमा उनले होन्डालाई स्टोरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नो बाटो लागे । सोही दिनको पाँच बजे होन्डाले होस गुमाए । दुई घन्टापछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । उनको रहस्हयमय हत्यामा काकेहीको संलग्नता रहेको अदालतको फैसलामा उल्लेख छ ।

चिसाको काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् । 
एजेन्सी
 


Author

थप समाचार
x