विश्व

भारतमा कार दुर्घटना हुँदा अस्पतालका पाँच कर्मचारीको मृत्यु

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १४:२९ बजे

काठमाडौँ - उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो । 


सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो ।

 हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको प्रहरी अधिकारीहरूलाई जनाएका छन्। घाइते कर्मचारीलाई अस्पताल  भर्ना गरिएको छ । 

मृतकहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको जनाइएको छ ।

'हामीले शवलाई शवगृहमा राखेका छौं र परिवारलाई जानकारी गराएका छौं। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,' प्रहरी अधिकारी राकेश कुमारले भने । रासस


Author

थप समाचार
x