पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका बिरामी बढे
सांकेतिक तस्बिर
इस्लामाबाद, पाकिस्तान- पाकिस्तानको पञ्जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ । यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ भने ७३ जना नयाँ सङ्क्रमित भेटिएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ ।
पञ्जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ। यस प्रान्तमा कुल २५,६०५ सङ्क्रमणका घटना दर्ता गरिएको छ। त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या १८,०७९ पुगेको छ ।
तथ्याङ्क अनुसार, १५० बिरामीहरू हाल पञ्जाबका विभिन्न सरकारी अस्पतालहरूमा उपचाररत छन् । डेंगु एक लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा विश्वभर द्रुत रूपमा फैलिएको छ । (एएनआई)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया