विश्व

सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु

इकागज |
मंसिर १९, २०७८ आइतबार १६:८ बजे

फाइल फाेटाे

काठमाडौँ - भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३ जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको शनिबार मृत्यु भएको पुष्टि भएको प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् । 


तामगाडगेले ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ जना मजदुरको मृत्यु भएको बताएका छन् । परिवारका सदस्यहरु बेपत्ता व्यक्तिहरुको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलहरूको सामना गर्नु परेको बताइएको छ । त्यसपछि मृतकहरुका आफन्तका बारेमा प्रश्न गर्न गएका सुरक्षाबलबीचको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा थप सात जनाको मृत्यु भएको तामगाडगेले बताएका छन् ।

भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले  काम गरिरहेको बताएको छ । विज्ञप्तिका अनुसार घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएकाकाे पनि मृत्यु भएकाे छ । 

विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च स्तरीय छानविन भइरहेको छ र कानुन बमोजिम आवश्यक कारबाही गरिने छ ।'

नागाल्याण्डका मुख्यमन्त्रीले शान्त रहन अपिल गर्दै छानविनको घोषणा गरेका छन् । 'सर्वसाधारणको हत्याको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ', उनले ट्वीटरमार्फत सबै वर्गबाट शान्तिको लागि अपिल गरेका छन् ।  
एजेन्सी 


Author

थप समाचार
x