बेलायतमा समुदायस्तरमा फैलियो ओमिक्रोन
काठमाडौँ - बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ । यहाँ एकै दिन ओमिक्रोनका सयौं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् । पछिल्लो तथ्याकअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोन देखिएको छ ।
पछिल्ला संक्रमण दरको अन्तराष्ट्रिय यात्रासँग कुनै सम्बन्ध नरहेको उनले बताएका छन् । 'अब अओमिक्रोन बेलायतका विभिन्न क्षेत्रमा समुदाय तहमा फैलिसकेको छ', उनले भने । बेलायतले दक्षिण अफ्रिकाका विभिन्न देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ । तर, ओमिक्रोनका बिरामीमा सामान्य लक्षण देखिएको समाचारमा जनाइएको छ ।
नयाँ भेरियन्टको असर र अहिले प्रचलित खोपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया