नाइजेरियामा १० लाख डोज खोप हिनामिना
सांकेतिक तस्बिर
कानो- अफ्रिकी देश नाइजेरियामा १० लाख डोज कोभिड खोप हिनामिना भएको छ । प्रयोग नभइ पहिलो पटक यति ठूलो परिणाममा खोप खेरा गएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार २० करोड जनसंख्या भएको नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खोप लगाएका छन् ।
राम्रोसँग भन्डारण हुन नपाउँदा ठूलो परिमाणमा खोप हिनामिना भएको हो । अनुदानमा प्राप्त ठूलो परिमाणाको खोप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकहरूमा खोप हिनामिना हुने क्रम बढ्दो छ ।
सरकारले खोप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएको डूब्लूएचओले जनाएको छ । अक्टोबरमा प्रदान गरिएको थप आठ लाख खोपको मात्रा भने प्रयोगमा आएको जनाइएको छ । नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खोप लगाएका छैनन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै पश्चिमेली देशहरूले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । पछिल्लो समयमा नाइजेरियामा संक्रमितहरूको संख्या बढेको छ । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया