जाम्बियामा सडक दुर्घटनामा ११ जनाको मृत्यु, १७ घाइते
लुसाका- उत्तरी जाम्बियाको माफिङ्गा जिल्लामा गाडी पल्टिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको सडक सुरक्षा निकायले जनाएको छ । आइतबार राति ३० यात्रु बोकेको ट्रक चालकले नियन्त्रण गुमाएपछि व्यस्त सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत ग्लाडवेल बाण्डाले विज्ञप्ति जारी गर्दै ब्रेक फेल भएर गाडी पल्टिएको बताएका छन् । उनले नौ जनाको घटनास्थलमै र दुई जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । सरकारका प्रवक्ता चुशी कसण्डाले सडक दुर्घटनामा ११ जनाको ज्यान गएकामा सरकार अत्यन्तै दुःखी भएको बताएका छन् । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया