विश्व

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या बोस्टन र वासिंगटनको जनसंख्याभन्दा बढी

इकागज |
मंसिर २९, २०७८ बुधबार १०:३२ बजे

फाइल फाेटाे

काठमाडौँ - अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटनको जनसंख्या भन्दा बढी हो । 

अहिलेसम्म पाँच करोड अमेरिकी कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको थियो ।  


खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो । 

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ ।

अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ । 


Author

थप समाचार
x