विश्व

पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इकागज |
पुस २, २०७८ शुक्रबार ६:४६ बजे

जकार्ता- इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।

भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो । मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन । (सिन्ह्वा)



Author

थप समाचार
x