विश्व

दिल्लीमा मसाज केन्द्रमा लगाएको प्रतिबन्ध उच्च अदालतले उल्ट्यायो

इकागज |
पुस २, २०७८ शुक्रबार ९:५ बजे

नयाँ दिल्ली- दिल्लीमा विपरित लिंगीबीच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतले रोक्न आदेश दिएको छ । सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी न्यायाधीश रेखा पालीले स्पा र मसाज केन्द्रमा लगाइएको अकस्मातको प्रतिबन्धले त्यस क्षेत्रमा काम गर्ने हजारौं मानिसहरु प्रभावित हुने भन्दै प्रतिबन्ध रोक्न आदेश दिएकी हुन् । 

‘विपरित लिंगीबीच हुने मसाजमाथिको पूर्ण प्रतिबन्ध मसाज उद्योग नियन्त्रण गर्ने नीतिसँग कुनै सम्बन्ध छैन । ’ फैसलामा भनिएको छ । प्रतिबन्ध लगाउनुभन्दा पनि सरकारले मसाज उद्योगमा गैरकानुनी तस्करी र वेश्यावृत्ति छैन भन्ने सुनिश्चितता गर्नुपर्ने फैसलामा जनाइएको छ । 


मसाज हाउस वेश्यावृत्तिको रुपमा रुपान्तरण भएको भन्दै केही महिनाअघि दिल्ली सरकारले प्रतिबन्ध लगाएको थियो । मसाज गर्ने बहानमा गोप्य यौन धन्दा सञ्चालन भएको र त्यस्ता गतिविधिमा एउटा गिरोह नै सक्रीय भएको सरकारले बताउँदै आएको छ ।

तर, मसाजगृह बन्दा गर्दा यसले धेरै मानिसको जीविकोपार्जनमा असर गर्ने अदालतको फैसलामा उल्लेख छ । दिल्लीमा दशौं हजार मसाज र स्पा सेन्टरमा लाखौं मानिसले रोजगारी पाएका छन् । तर, मसाजको बहानामा यौन धन्दा चलाएको ती सेन्टरमाथि आरोप लाग्दै आएको छ । एजेन्सी


Author

थप समाचार
x