भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान
थिम्पु, भुटान- भुटानले शुक्रबार आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।
भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोष्टमा भारतीय प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।
भूटानी नरेशबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुशी व्यक्त गरेका छन् । भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौंको सहयोग र विशेष गरी कोभिड–१९ को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गरेको विज्ञप्तिमा उल्लेख छ ।
भुटान नरेशले भारतद्वारा बिना शर्त बर्षौदेखि पुर्याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको बताएका छन् । पुरस्कारका लागि भुटानका नरेश र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएको छ ।
महामारी सुरु भएदेखि नै भारतले भूटानलाई कोभिड–१९ विरूद्धको खोप तथा अन्य चिकित्सा उपकरणको रूपमा सहयोग प्रदान गर्दै आएको छ ।
यसै वर्षको सुरुतिर भुटानका प्रधानमन्त्री लोटे छिरिङले प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोपको प्रयाप्त मात्रा उपलब्ध गराएकोमा बधाई दिएका थिए । उनले भुटान भारतको निकट छिमेकी भएकोले अझ सुरक्षित महसुस भएको पनि उल्लेख गरेका थिए । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया