विश्व

मलेसियामा कार र ट्रक ठोक्किँदा दश जनाको मृत्यु

इकागज |
पुस ३, २०७८ शनिबार १४:३९ बजे

क्वालालम्पुर - मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किँएको थियो ।   रााति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए । 

 यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका रहेका छन् । बालबालिकामा पाँच केटा र तीन बालिका रहेका खामिसले बताए ।



Author

थप समाचार
x