चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन
उरुम्क्वी, चीन - चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइन् ।
निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 'उहाँ सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरूसँग रमाउने गर्नुहुन्थ्यो,' उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया