विश्व

विवादपछिको झडपमा परी ग्वाटेमालामा १३ को मृत्यु

इकागज |
पुस ५, २०७८ सोमबार ६:४१ बजे

ग्वाटेमाला सिटी - ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्वन्धी विवाद भएको हो । 

“घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने । उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन । रासस



Author

थप समाचार
x