विश्व

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै संक्रमित

इकागज |
पुस ५, २०७८ सोमबार १६:९ बजे

काठमाडौँ - बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् ।  

योसँगै बेलायतमा ओमिक्रोनबाट कूल संक्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।


त्यसैगरी कोभिडबाट भने एकैदिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ । यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोभिडबाट दैनिक संक्रमितहरुको संख्या अत्यधिक धेरै भएको छ । 

बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना संक्रमित भएका थिए । त्यसपछि भने घट्दै गएको छ । संक्रकित भएकाहरुको संख्याको तुलनामा मृत्यु भएकाहरुको संख्या भने सामान्य नै देखिएको छ । पछिल्लो एक दिनमा कोभिडका कारण ४५ जनाको मृत्यु भएको छ । 

बेलायतमा कोभिडका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याकं छ । 


Author

थप समाचार
x