विश्व

गाब्रियलको विजयसँगै चिलीमा बलियो सरकार बन्ने अपेक्षा

इकागज |
पुस ६, २०७८ मंगलबार ७:७ बजे

सान्टियागो- वाम झुकावका उम्मेद्वार गेब्रियल बोरिकले आइतबार चिलीको राष्ट्रपतिको निर्वाचनमा जित हाँसिल गरेसँगै बलियो सरकार बन्ने अपेक्षा गरिएको छ । उनका निकटतम प्रतिद्वन्द्वी दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टले ट्विटरमा लेखेका छन्, "मैले उहाँलाई उहाँको ठूलो विजयको लागि बधाइ दिएँ । आजदेखि उहाँ चिलीको निर्वाचित राष्ट्रपति हुनुहुन्छ र हाम्रो सबै सम्मान र रचनात्मक सहयोगको योग्य हुनुहुन्छ ।"

बोरिकले ५५.८७ प्रतिशत भोट प्राप्त गरेका छन् भने कास्टले ४४.१३ प्रतिशत मत प्राप्त गरेका छन् । यसै गरी चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले नवनिर्वाचित राष्ट्रपतिसँग फोन वार्तालापमा बोरिकले "आफैले सबै भन्दा राम्रो" नतिजा दिनेमा आफू विश्वस्त रहेको बताए । "हामी सबैलाई आशा छ कि तपाईले चिली र चिलीका लागि धेरै राम्रो सरकार बनाउनुहुनेछ," पिनेराले भने ।


राष्ट्रपतिले निर्वाचनमा ८ मिलियन भन्दा बढी मानिसहरूले मतदान गर्नु देशको इतिहासमा सबैभन्दा ठूलो संख्या भएको उल्लेख गरेका छन् । ३५ वर्षीय बोरिक म्यागालानेसको दक्षिणी क्षेत्रका डेपुटी हुन् । उनी ‘अप्रुभ डिग्निटी’का उम्मेद्वार हुन् जुन वामपन्थी गठबन्धन हो जसमा ब्रोड फ्रन्ट गठबन्धन र चिलीको कम्युनिष्ट पार्टी समावेश छ । (सिन्ह्वा)


Author

थप समाचार
x